८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बुङ्चीले जित्यो ‘बृहत तीज गीत प्रतियोगीता’को प्रथम पुरस्कार



मायादेवी अनलाइन, वाणगंगा ।
बृहत तीज गीत प्रतियोगीतामा मायादेवी कृषक समूह बुङ्ची प्रथम स्थान आउन सफल भएको छ । श्रीङ्गीघाट सामुदायिक बन उपभोक्ता समूह र रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको आयोजनामा आयोजित प्रतियोगीतामा बुङ्ची प्रथम भएको हो । बुङ्ची प्रथम भएसंगै नगद रु २१ हजार जित्यो ।

कपिलवस्तुको वाणगंगाको बुद्धरंगशालामा भएको प्रतियोगीतामा कल्याणकारी आमा समूह ठाकुरापुरले द्धतीय स्थानको पुरस्कार जितेको छ । ठाकुरापुरले रु १५ हजार प्राप्त गर्यो ।

यस्तै प्रतियोगीतामा वाणगंगा मावि गजेहडाले तेस्रो स्थानको पुरस्कार जितेको छ । वाणगंगा माविले १० हजार पायो । सान्त्वना स्थानको पुरस्कार भने मधौलियाले जितेको छ । वडा नं. ५ मा रहेको मधौलियाले सान्त्वना स्थान आउन सफल भएको हो ।

प्रतियोगीतामा १३ टिमको सहभागीता रहेको थियो । ‘महिला हिंसा न्यूनिकरणमा सरोकारवालाको भूमिका’ विषेयक प्रतियोगीता आयोजना गरिएको थियो । पछिल्लो समय देशभर घटिरहेका महिंला हिंसाका घटनामा गीतको माध्यमबाट प्रतियोगीले खबरदारी गर्दै सरोकारवालालाई सचेत गराएका थिए ।

प्रतियोगीताको साथमा बृहत सांस्कृतीक कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा हास्यकलाकार पुरुषोत्तम भण्डारी ‘पूर्खे बा’, लोक तथा दोहोरी गायक दीपु मगर, लोक तथा दोहोरी गायक पूर्णचन्द्र परियार, लोक तथा दोहोरी गायिका शारदा खनाल लगायतले बेजोड प्रस्तुती दिनुभएको थियो ।

श्रीङ्गीघाट सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष रेनु सेनको अध्यक्षता र वाणगंगा नगरपाकिा वडा नं. १ की वडाध्यक्ष बालकुमारी पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बृहत तीज गीत प्रतियोगीताको रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्ज र मायादेवी अनलाइन डटकमले प्रत्यक्ष प्रशारण गरेको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७६ आइतबार ००:००  ६ : ४८ बजे