८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

अरुण खोलाको पुल मर्मत पछि पुर्व पश्चिम राजमार्ग सुचारु



कावासोती ।

नवलपुरको अरुणखोलामा ट्रकको ठक्करबाट भत्किएको पुल मर्मत भए पछि पूर्वपश्चिम राजमार्ग पुर्ण रुपमा सन्चालनमा आएको छ ।

गत हप्ता भाँचिएको अरुणखोला पुल मर्मत सकिए पछि शनिवार देखि संचालनमा आएको हो । गत साउन २९ गते बिहान पूर्बबाट पश्चिम जादै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले पुर्बी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नं ११ अरुणखोलाको पुलको एक तर्फी भागमा ठक्कर दिदा पुल भाँचिएको थियो ।

नवलपुरका प्रहरी निरीक्षक राजेब्द्र अधिकारीले शुक्रबार साँझ पुल मर्मत सकिएपछी अहिले पुल माथिबाट नै यातायात संचालन भएको जानकारी दिए । यस अघि अस्थायी डाईभर्सन पाँच पटक बनाएर यातायात संचालन गरिएको थियो । डाईभर्सन भएपनी यात्रुहरु घण्टौ जाममा पर्ने गरेका थिए ।

सो पुल जिल्लाकै राजमार्गकै सबै भन्दा लामो पुल हो जसको लम्बाई तीन सय मीटर भन्दा बढि छ । पुलको पुर्ब दक्षिण को भाग १० मिटर लम्बाई र १.५ मिटर तल (गहिराई) मा भासिन जादा ठूला र साना गाडी बन्द गरि सडक डिभिजन कार्यालय बुटवलले मर्मत थालेको थियो । नवलपुरमा रहेका आठ वटा यस्ता पुल पुरै जोखिममा छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६ आइतबार ००:००  ६ : २८ बजे