८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

अपराधि बस्ने जेलमै होः महानिरिक्षक खनाल



बुटवल ।

नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले जेलमा बस्ने मनस्थिति बनाएर मात्र अपराध गर्न अपराधिहरुलाई सचेत गराएका छन् ।

लियो क्लव अफ तिलोत्तमाद्धारा शनिबार बुटवलमा आयोजित ‘नेतृत्व विकास तथा युवा उद्यमी उत्प्रेरणा’ कार्यक्रममा बोल्दै महानिरिक्षक खनालले उक्त कुरा बताएका हुन् ।

अपराध र अपराधिलाई नेपालमा ठाउ नभएको भन्दै अपराधि बस्ने भनेको जेलमै हो भने । उनले भने– ‘कसैले अपराध कर्म गर्ने सोच्दैछ भने कि सच्चियोस् नत्र भने जेलमा बस्न तयार होस् ।

विकास हुदैमा अपराध हुँदैन भन्ने मानसिकता त्याग्नुपर्ने भन्दै उनले विकाससील मुलुकहरुमा पनि अपराधिक घटनाहरु भैरहेको उदाहरण दिए ।

रुल अफ ल कायम गर्नेमा नेपाल अग्र पंक्तिमा रहेको बताउदै उनले अपराध अनुसन्धानमा समेत नेपाल प्रहरी अग्रस्थानमा रहेको विदेसी संघ संस्थाहरुको मुल्याङ्कन रहेको दाबी गरे ।

इथिक्स र भ्याललाई बुझेर निरन्तरको क्रियाशिलताले मात्र नेतृत्वमा पुग्न सफल भइने भन्दै उनले सामुहिक भवनालाई एक ठाउमा राख्न सके मात्र नेतृत्व सफल हुने विचार व्यक्त गरे ।

प्रकाशित मिति : ८ भाद्र २०७६ आइतबार ००:००  ६ : २१ बजे