बुटवल ।
उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले अन्तर्राष्ट्रिय विमान स्थल सञ्चालन र मोनो रेल सञ्चालन भएपछि लुम्बिनीमा पर्यटकको ओईरो लाग्ने बताएका छन् ।
विमानस्थल सञ्चालन र लुम्बिनी संगै जोडिएका बुद्धत्वका स्थानहरुमा मानोरेल सञ्चालन पछि पर्यटक ओईरिने भन्दै उनले त्यसका लागि आवश्यक पुर्वधार निर्माण गर्नुपर्ने बताए ।
अन्तर्राष्ट्रिय विमानहरुको सिधा उडान भैरहवामा हुदा बढि भन्दा बढि पर्यटक आउने भन्दै उनले पर्यटकको बसाई लम्बाउने खालका योजना र उनीहरुलाई राख्न स्तरिय होटल अझै आवश्यक रहेको उनले बताए । उनले पर्यटकहरुलाई गाईड गर्नेहरुले समेत भाषाको ज्ञान हासिल गर्न आग्रह गरे ।
शनिबार बुटवलमा केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रदेश सरकारले सुरु गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ सफल भइरहेको बताए । ४ महिनाको अवधिमा प्रदेश सरकारले गरेका कामको मुल्याङ्कनका आधारमा भ्रमण बर्षका बारेमा टिकाटिप्पणी नगर्न आग्रह गरे ।
त्यस्तै उनले लुम्बिनीको बृहत्तर विकासका लागि लुम्बिनी आसपासका क्षेत्रहरु अतिग्रहण गर्नुको विकल्प नभएको समेत बताए ।
क्वाक्कले बनाएको गुरुयोजनामा लुम्बिनी संग जोडिएका क्षेत्रहरु समेत रहेको भन्दै संरचना निर्माणका लागि जग्गा अधिग्रहण गर्नुको विक्लप नभएको उनले बताए । उनले लुम्बिनीको विकास हुनुले त्यहाँका जनताको जीवन स्तर माथी उठ्नु रहेको भन्दै विकासमा अवरोध गर्नु कसैका लागि पनि राम्रो नहुने बताए ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य फकरुद्दिन खाँनले लुम्बिनी बाहिर पनि सरकारले जग्गा अधिग्रहण गर्न लागेको हल्ला फैलिएको भन्दै अब लुम्बिनीका जनताले जग्गा नदिने बताए । लुम्बिनीको विकासले त्यहाँका नागरिकलाई समेटन नसकेको भन्दै उनले अब जग्गा अधिग्रहण गर्न जनताले नदिने उनको भनाई थियो । बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष नवराज कुँवरले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले पुर्वधारमा लगानी गर्न आग्रह गरे ।
८ भाद्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया