८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

वाणगंगाको बुद्धरंगशालामा बृहत तीजगीत प्रतियोगीता आयोजना, रेडियो मायादेवी र मायादेवी अनलाइनले प्रत्यक्ष प्रशारण गर्ने



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगामा अवस्थित श्रीङ्गीघाट सामुदायिक वन र रेडियो मायादेवीको आयोजनामा आज बृहत तीजगीत प्रतियोगिता आयोजना गरिएको छ ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा बृहत तीजगीत प्रतियोगीता आयोजना गरिएको हो । महिला हिंसा न्यूनिकरणमा सरोकारावालको भूमिका विषयक प्रतियोगितामा १३ वटा समुहबीच प्रतिस्प्रर्धा हुने श्रीङ्गीघाट सामुदायिक वनका अध्यक्ष रेनु सेनले बताउनुभयो ।
आज बिहान ११ बजे बुद्धरंगशाला जितपुरमा आयोजना हुने उक्त कार्यक्रममा राष्ट्रिय कलाकारको समेत बेजोड प्रस्तुती रहने छ । कार्यक्रममा हास्यकलाकार पुरुषोत्तम भण्डारी पुर्खे बा, लोक तथा दोहोरी गायक दिपु मगर, गायक पूर्र्णचन्द्र परियार, गायिका शारदा खनाल, गायक विमल गैरै लगायतका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद २१ हजार, द्धितिय हुनेले नगद १५ हजार, तृतिय हुने समुहले १० हजार र सान्त्वना हुने समुहले ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छ । कार्यक्रममा उपस्थित भई भरपूर मनोरञ्जन लिनुहुन श्रीङ्गीघाट सामुदायिक वनका अध्यक्ष रेनु सेनले आग्रह गर्नुभएको छ । कार्यक्रमको रेडियो मायादेवी र मायादेवी अनलाइनको फेसबुक पेजले प्रत्यक्ष प्रशारण गर्ने छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६ शनिबार ००:००  ६ : २९ बजे