नवलपुर ।
नवलपुरमा भाईरल ज्वरोका बिरामीको संख्यामा वृद्धि भएको छ । ज्वरोका बिमारीले यहाँका अस्पतालहरु भरिएका छन् ।
मध्यबिन्दु जिल्ला अस्पताल डण्डाले दिएको जानकारी अनुसार साउन महिनाको शुरूवात देखिनै भाईरल ज्वरोका बिमारिको संख्या बढ्न थालेको हो । साउन यता भदौको पहिलो साता सम्म ९ सय भन्दा बढी भाईरल ज्वरोका बिरामी जिल्ला अस्पतालमा उपचारका लागि पुगेको अस्पतालले जनाएको छ । जिल्लाका अन्य नीजि तथा सामुदायिक अस्पतालहरुमा समेत ज्वरोका बिरामीको संख्या बढेको छ ।
अस्वस्थ्यकर खानपान, स्वास्थ्यप्रतिको वेवास्ता, दुषित पानी लगायतले मानविय स्वास्थ्यमा प्रत्यक्ष असर पार्नुका साथै बिरामीको संख्यामा बृद्धि भएको हो । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टकेन्द्र गौतमका अनुसार सामान्य अवस्था भन्दा विरामीको संख्या केही बढेको भएपनि भाईरल प्रकृतिको ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था रहेको छ ।
७ भाद्र २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया