दाङ ।
प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले खेल समृद्धिको आधार भएको बताए । उनले खेललाई विगतमा शौखका रुपमा लिने गरेको भए पनि अहिले पहिचान र समृद्धिका लागि खेलिने गरेको बताए । ‘हिजो रमाउनलाई खेलिने खेलआज पहिचानको माध्यम वनेको छ’ मन्त्री वरालले भने । उनले खेलका माध्यमबाट पाँच नम्वर प्रदेशलाई मुलुककै अब्बल प्रदेश बनाउन सबै लाग्नुपर्ने बताए ।
उनले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय मैदानमा समेत राम्रो खेल्दै आएको वताउँदै सरकारले खेलाडीका उत्पादनमा ध्यान दिने कुरामा जोड दिए । मुख्यमन्त्री कपले प्रदेशमा खेलको नयाँ उत्साह ल्याउने कुरामा समेत उनले बताए ।
त्यसैगरी कार्यक्रममा अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले खेल क्षेत्रलाई व्यावसायिक बनाउँदै नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा र्पुयाउनका लागि एकाडेमी लागि परेको बताए ।
अध्यक्ष शेर्पाले जिल्ला जिल्लामा एकाडेमी स्थापना गरेर फुटवलका खेलाडी उत्पादन गर्नका लागि एन्फाले कार्यक्रम अगाडि बढाएको बताए । ‘हरेक जिल्लामा प्रशिक्षण केन्द्रहरू स्थापना गरेर अगाडि बढ्नु पर्ने आवश्यकता छ’, अध्यक्ष शेर्पाले भने । प्रदेश ५ का अखिल नेपाल फुटवलमा आवद्ध ६ जिल्लाका खेलाडीको सहभागिता रहको प्रतियोगिता १२ गतेसम्म सञ्चालन हुने छ ।
खेलमा दाङ, बाँके, बर्दिया, रोल्पा, रुपन्देही र नवलपरासीका खेलाडीको सहभागिता रहनेछ। प्रतियोगितामा प्रथम विजेताले २ लाख नगद र सिल्ड दोस्रो हुने बिजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । बिहीबारको उद्घाटन खेल दाङ र नवलपरासी बीच भएको थियो । उद्घाटन खेलमा दाङलाई हराउँदै नवलपरासी ३ गोलले बिजयी भएको छ ।
नवलपरासीका तर्फबाट नम्वर ११ का सुरज आलेमगर ६, ३९ र ८८ मिनेटमा गोल गरेका दिए । भदौ १२ गते सम्म संचालन हुने खेलमा प्रत्येक दिन दुईवटा खेल हुने आयोजक समितिले जनाएको छ ।
७ भाद्र २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया