८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

अफगानिस्तानलाई हराउँदै नेपाल पाँचौ



काठमाडौं ।
नेपाली पुरुष भलिबल टोलीले एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको पाँचौ स्थान हासिल गरेको छ ।

शुक्रबार पाँचौ स्थानका लागि भएको खेलमा अफगानिस्तानलाई सोझो सेटमा पराजित गर्दै नेपाल पाँचौ भएको हो ।

ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको खेलमा घरेलु टोली नेपालले ३-१ सेटको जित निकालेको हो । नेपालले पहिलो सेटमा २५-२३ को जित निकाल्न सफल भएको थियो ।

त्यस्तै दोस्रो सेटमा भने अफगानिस्तानले उत्कृष्ट पुनरागमन र्गयो दोस्रो सेट अफगानिस्तानले २५-२३ ले जित्न सफल भयो । तेस्रो सेटमा पुनः नेपालले २५-१८ को जित निकाल्न सफल भयो । नेपालले चौथो सेट २५-२३ को जित निकाल्यो ।

उपाधि उचाल्ने योजना बनाएर प्रतियोगिता खेलेको नेपाल पाँचौ स्थानमा सिमित भएको हो । नेपाल प्रतियोगिताको पहिलो खेलमा किग्रीस्तानसँग पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा माल्दिभ्ससँग पराजित हुँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७६ शनिबार ००:००  ६ : ०५ बजे