८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

प्रचण्ड र माधवबीच दुई घण्टा वार्ता



काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच शुक्रबार विहान भेटवार्ता भएको छ। प्रचन्ड निवास खुमलटारमा भएको भेटवार्तामा दुइ नेताबीच झण्डै २ घन्टा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। छलफलमा पार्टीको सचिवायल बैठकमा ओली र नेपालबिच भएको भनाभनपछिको तिक्ततालाई कम गर्ने प्रयास गरको प्रचण्डको सचिवालयले जनाएको छ। छलफलको बीचमा केहीबेर नेता जनार्दन शर्मा पनि सहभागी भएका थिए । पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अधिकार दिएर उपचारका लागि सिंगापुर गएको भोलिपल्टै प्रचण्डले नेपालसँग छलफल गर्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ। यसअघि बिहीबार बसेको सचिवालय बैठकमा ओली र नेपालबीच चर्काचर्की परेको थियो। दुई नेताबीच तँ तँ र म म को तहमा विवाद भएपछि नेकपा तरंगित भएको छ। नेता नेपाल वरीयता तथा जनवर्गीय संगठनमा ओलीले एकपक्षीय नियुक्ति गरेको भन्दै असन्तुष्ट छन्।

प्रकाशित मिति : ६ भाद्र २०७६ शुक्रबार ००:००  ३ : ०६ बजे