एजेन्सी ।
पूर्वी चीनको झेजियाङ प्रान्तको वेनलिङ शहरमा शनिबार बिहान शक्तिशाली आँधी ुलेकीमा’ को कारण भूस्खलन हुनुअघि १० लाख बढी मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको छ ।
१८७ किलोमिटर प्रतिघण्टाको शक्तिशाली ुलेकमिा’ आँधी, यो वर्ष नवौँ पटक आएको हो । जसका कारण अनहुई, फुजियान, जियाङसु, झेजियाङ र संघाई नगरपालिकाको प्रान्तहरुमा भारी वर्षाको आशंका गरिएको छ ।
शुक्रबार दिउँसो झेजियाङ प्रान्तले शीर्षस्तरमा आफ्नो आपतकालीन प्रतिक्रिया दिएको थियो । सात लाखबढी मानिसहरुलाई स्थानान्तरण गरिएको थियो भने एक लाख १० हजार बढी मानिसहरु १२ हजार आश्रयस्थलमा बसेका थिए ।
झेजियाङ प्रान्तले सयभन्दा बढी डुङ्गा, २८८ ओटा उडान रद्द र रेलवे लाइन पनि बन्द गरेको छ । स्थानीय अधिकारीहरुले एक हजार उद्धारकर्तासँगै १५० ओटा दमकल, र १५३ ओटा डुङ्गा तयारी अवस्थामा राखेको छ ।
शनिबार बिहानसम्म संघाईमा २ लाख ५३ हजार मानिसहरुलाई स्थानान्तरण गरिएको छ । शक्तिशाली आँधीले झण्डै ३ हजार रुख उखेलेको छ भने सयभन्दा बढी बिजुलीका खम्बामा असर पुगेको छ ।
प्रतिक्रिया