सोलुखुम्बु ।
सोलुदुधकुण्ड नगरपालिका ३ लोदिङमा भालुको आक्रमणबाट एक महिला सख्त घाइते भएकी छिन्। भालुको आक्रमणबाट सोलुदुधकुण्ड नगरपालीका ३ लोदिङका ३५ बर्षीया माया शेर्पा घाइते भएकी हुन्। शुक्रबार राति करिब ८ बजे मकै बारीमा शेर्पालाई भालुले आक्रमण गरेको वडा सदस्य ल्हाक्पा गेलु शेर्पाले जानकारी दिए। उनका अनुसार घाईते शेर्पाको अवस्था गम्भीर छ। भालुको आक्रमणबाट उनको आन्दा बाहिर निस्किएको छ भने अनुहार घाँटी लगायतको भागमा गहिरो चोट लागेको छ। राति नै जिल्ला अस्पताल फाप्लु ल्याए पनि उपचार सम्भव नभएपछि ओखलढुंगास्थित मिसन अस्पतालमा रेफर गरिएको उपचारमा सलंग्न डाक्टर कमला सञ्जेलले बताइन्। शुक्रबार राति नै मिसन अस्पताल पुर्याएको इईते शेर्पाको अहिले शल्यक्रिया भइरहेको वडा नम्बर ३ का वडा अध्यक्ष गोपाल मगरले जानकारी दिए। उपचारमा लाग्ने खर्च ब्यवस्थापनका लागि वडाले पहल गर्ने अध्यक्ष मगरको भनाइ छ। भालुले बारीमै आएर मकै खान थाले पनि स्थानीयले बारीमा डेरा निर्माण गरी भालु धपाउँदै आएका छन्। भालु धपाउन बसेको डेरामै भालुले आक्रमण गरेको वडा सदस्य ल्हाक्पा गेलु शेर्पाले जानकारी दिए।
२५ श्रावण २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया