बाँके ।
शुक्रबार बेलुका सीमावर्ती रुपैडिया बजारमा ट्यांकरको ठक्करले दुई नेपाली महिलाको ज्यान गएको छ ।
ट्यांकरले ठक्कर दिँदा बाँकेको कोहलपुरका आशा सिंह भट्टराई र जुनु थापाको ज्यान गएको हो । घरायसी सामान किनमेल गरी फर्कने क्रममा उनीहरु चढेको भे ४ प ३८२४ नम्बरको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिएको हो ।
दुर्घटनामा भट्टराईको घटनास्थलमै ज्यान गएको हो भने थापाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
२५ श्रावण २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया