एजेन्सी ।
म्यानचेष्टर सिटीका विंगर लिरोय सेन घुुँडाको चोटका कारण ६ वा ७ महिना मैदान बाहिर हुनसक्ने भएका छन् । उनी कम्युनिटी सिल्डमा सिटीले लिभरपुलसँग खेल्दा उनी १३ औं मिनेटमा नै घाइते भएका थिए ।
सिटी प्रशिक्षक पेप ग्वार्डिओलाका अनुसार सेनको अर्को साता बार्सिलोनामा शल्यक्रिया गरिने छ । ‘मलाई थाहा छैन कि कति समय लाग्छ । तर यस्तो चोटमा ६÷७ महिना लाग्छ,’ उनले भनेका छन् । सिटीले प्रिमियर लिगमा सिजनको पहिलो खेल शनिबार वेष्टहामविरुद्ध खेल्नेछ ।
२५ श्रावण २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया