८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुग्यो, २० जना अझै बेपत्ता



धादिङ ।
धादिङको बेनिघाटरोराङ गाउँपालिका–३, सलाङघाटबाट त्रिशूली नदीमा यात्रुबस खसेर भएको दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।त्यस्तै दुर्घटनामा परि २० जना हराइरहेका छन् ।
धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले ज्यान गुमाएकामध्ये सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै पहिचान खुलेको जानकारी दिनुभयो । उहाँका अनुसार ३ जनाको घटनास्थमै ज्यान गएको हो । यस्तै, दुई जनाको चितवनमा, दुई जनाको तनहुँमा, एक(एक जनाको गोरखा र पूर्वी नवलपरासीमा शव भेटिएको हो ।
दुर्घटनामा १६ जनाको उद्धार गरिएको छ । रात परेकाले हराएका २० जनाको अब शनिबार बिहानदेखि मात्रै खोजी थालिने भएको छ । खोजीका लागि सबै निकायसँग समन्यव भइरहेको उहाँले बताउनुभयो ।
सर्लाहीको सदरमुकाम मलंगवाबाट काठमाण्डौका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस बिहान सलाङघाटबाट त्रिशूली नदीमा खसेको हो । हराइरहेकाहरुको खोजीका लागि तनहुँ, गोरखा, चितवन र नवलपरासी प्रहरीसँग समन्वय भइरहेको धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।
दुर्घटनामा परि घाइते भएकामध्ये ७ जना गजुरी अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । त्यस्तै १० जना घाइतेको काठमाण्डौमा रहेको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६ शुक्रबार ००:००  १० : २३ बजे