थानेश्वर अधिकारी, वाणगंगा ।
सधैका बर्ष झै यस बर्ष अगष्ट १२ तारिख अर्थात यही श्रावण २७ गते पर्ने अन्तर्राष्ट्रिय युवा दिवश मनाउन कपिलवस्तुमा पनि मनाइने भएको छ । युवाहरुको लागि महान चाड मानिने यस बर्षको युवा दिवशको नारा शिक्षामा रुपान्तरण रहेको छ । आज भन्दा करिव २० बर्ष अगाडी संयुक्त राष्ट्र संघको पहलमा युवा दिवश मनाउन थालिएको हो ।
यसै सन्दर्भमा नेपाल युवा संस्था संजाल (आयोन) प्रदेश नं ५ को अगुवाईमा कपिलवस्तुमा पनि अन्तर्राष्ट्रिय युवा दिवश मनाइने भएको छ । लक्ष्मणघाट सामाजिक विकास केन्द्र, नव जीवन संस्था, तौलिहवा, कपिलवस्तु सामाजिक परिवर्तनका लागि युवा अभियान र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तु लगायतका संस्थाहरुसँगको सहकार्यमा बाणगंगा नगरपालिका वडा नं ६ लक्ष्मणघाटमा सो कार्यक्रम गर्न थालिएको लक्ष्मणघाट सामाजिक विकास केन्द्रका कोषाध्यक्ष सन्दिप न्यौपाने जानकारी दिनुभएको छ ।
सो अवसरमा मा.वि.स्तरीय कविता वाचन प्रतियोगिता, स्लो साइकल रेस प्रतियोगिता,र्याली र नाटक प्रदर्शन गरिने कार्यक्रम संयोजक अंजित खनालले जानकारी दिनु भएको छ । सो कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न बिषयगत समिति समेत गठन गरिएको छ ।
२४ श्रावण २०७६ शुक्रबार ००:००
2
Shares
प्रतिक्रिया