८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सर्पको विगविगी, दाङमा घरमै सुतिरहेका बेला सर्पले डस्दा दुई बालिकाको मृत्यु



दाङ ।
राजपुर गाउँपालिका वडा नम्बर-७, भौवानामा विषालु सर्पको टोकाइबाट एकै परिवारका दुई बालिकाको ज्यान गएको छ । सर्पको टोकाइबाट भौवानाका शेरबहादुर सार्कीकी दुई छोरीको ज्यान गएको हो ।
भौवानामा रहेको शिवशक्ति माध्यमिक विद्यालयको कक्षा सातमा अध्यनरत करिष्मा सार्की र कक्षा ५ मा अध्ययनरत सुजु सार्कीको सर्पले टोकाइबाट ज्यान गएको प्रधानाध्यापक लिलाधर विकले जानकारी दिनुभयो ।
भौगोलिक विकटता, बाटोको समस्या, सञ्चार र स्वास्थ्य सेवाको पहुँच नहुँदा दुई जना बालिकाको ज्यान गएको प्रधानाध्यापक विकले बताउनु भयो । घरमा सुतिरहेको बेला दुई जना बालिकालाई सर्पले डसेको हो ।
गएको वर्ष पनि शिवशक्ति माध्यामिक विद्यालयमा अध्यनरत कक्षा ९ की छात्राको पनि सर्पको टोकाइबाट घाइते भएपछि अस्पताल लैजाँदै गर्दा ज्यान गएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७६ शुक्रबार ००:००  ३ : ३२ बजे