दाङ ।
एक बालकमाथि जबर्जस्ती अप्राकृतिक मैथुन गरेको आरोपमा बाँकेका एक व्यक्ति बुधबार दाङको तुलसीपुरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर-१४ घर भएका ४३ वर्षीय मुविन राही रहेको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ ।
एकै घरमा डेरा गरेर बस्ने राहीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-५ का एक १३ वर्षीय बालकलाई साउन १७ गते राति आफ्नै कोठामा जवर्जस्ती अप्राकृतिक मैथुन गरेको अभियोग लागेको छ ।
यसअघि नै पीडित बालकका बुवाले मौखिक जाहेरी दिएको भए पनि बिहीबार मात्रै इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी दिइएको थियो ।
आरोपित राही तुलसीपुरमा घरहरुमा रंग लगाउने काम गर्ने प्रहरीले जनाएको छ।
प्रतिक्रिया