धादिङ ।
सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ७४६९ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा २५ जना हराइरहेको र १४ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए ।
उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन् । मृतक चार जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन ।
२४ श्रावण २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया