दीपा महत, वाणगंगा ।
अवसरको खोजी गर्दै तराईमा बसाई सराई गर्नेको संख्या दिनहुँ बढ्दो छ । पछिल्लो केही बर्ष देखि पहाडबाट बसाई सराई गरी तराई आउनेको संख्या ह्वात्तै बढेको हो । पहाड दिनहुँ रित्तिदै जान थालेको छ भने तराई भरिदै छ । यो क्रम नरोकिने हो भने नेपालको तराई क्षेत्रमा खाली जग्गा भेट्न नसकिने विज्ञहरु बताउँछन् ।
कपिलवस्तुमा पनि बसाई सरी आउनेको संख्यामा बृद्धि भएको छ । खासगरी जिल्लाको उत्तरी क्षेत्रमा बसाई सरीदर बढेको हो । जिल्लाका वाणगंगा, बुद्धभूमि र शिवराज नगरपालिकामा बर्षेनी बसाईसरी आउनेको दरमा बृद्धि भएको पाइन्छ । महेन्द्र राजमार्गको आसपासमा धेरैजसो बसाईसरी आउने गरेका छन् । विलाशिलताको जीवन कटाउन, शिक्षा, स्वास्थ्य, रोजगार जस्ता मानिसका आधारभूत आवश्यकताका लागि धेरैजसो मानिस बसाई सरी तराई आउने गरेको विभिन्न तथ्याङ्कले देखाउँछ ।
जिल्लाको वाणगंगा नगरपालिकामा पनि मानिसको चाप बर्षेनी बढिरहेको छ । पछिल्लो एक दशकलाई नियाल्दा हजारौं मानिसहरु वाणगंगामा बसाई सरेर आएका छन् । एक दशकमा वाणगंगाको महेन्द्र राजमार्ग भरिभराउ जस्तै भएको छ । वाणगंगा नगरपालिकाको पञ्जिकरण शाखाले उपलब्ध गराएको २०७५ सालको तथ्याङ्क अनुसार ३०२ घरधुरी वाणगंगामा बसाई सरेर आएका छन् । जुन तथ्याङ्क २०७५ को बैशाख देखि चैत्रसम्मको मात्र हो । ३०२ घरधुरीमा ११ सय २० जना अन्यत्र ठाउँबाट वाणगंगा नगरपालिकामा थपिएका छन् ।
तथ्याङ्क अनुसार वडा नं. २ मा सबैभन्दा बढी बसाई सरेर आएका छन् भने वडा नं. ५ र वडा नं. ६ मा सबैभन्दा कम बसाई सरी आएका छन् । साविक कोपवा गाविसलाई अहिले दुई वडामा बाडिएको छ । यी दुई वडामा एक÷एक घरधुरी बसाई सरी आएका छन् ।
वडा नं. २ साविक वाणगंगा गाविसको आधा क्षेत्र हो । यहाँ पिपरा, बैजलपुर, बठनपुरा जस्ता चर्चित बजार तथा गाउँ छन् । यहाँ ०७५ मा ४० घरधुरी बसाई सरेर आएका छन् ।
बसाई सरी आउनेको दोस्रो रोजाईमा वडा नं. १ परेको छ । साविक वाणगंगा गाविसको झण्डै आधा क्षेत्र ओगटेको यस वडा भित्र जीतपुर चारनम्बर, बुङ्ची, बैरिया जस्ता चर्चित बजार छन् । यहाँ ०७५ मा ३८ घरधुरी बसाई सरेर आएको तयाङ्कले देखाउँछ ।
बसाई सराई गर्नेहरुको तेस्रो रोजाईमा वडा नं. ४ परेको छ । यस वडा साविकको गजेहडा गाविसको आधा भाग हो । जहाँ वाणगंगाको प्रमुख बजार चारनम्बर (राजमार्ग देखि दक्षिण) देखि नगरपालिकाको कार्यालय समेत रहेको गजेहडासम्म पर्छ । यहाँ ०७५ मा ३७ घरधुरी बसाई सरी आएका छन् ।
यस्तै चौथोमा बसाई सरी आउनेको संख्या वडा नं. ८ मा बढी छ । साविक मोतीपुर गाविसको आधा क्षेत्र आगटेको वडा नं. ८ मा ३४ घरधुरी बसाई सरेर आएका छन् । यो वडामा बोडगाउँ, मधुवन, चप्परगाउँ, वाणगंगा पूल छेवैको पूलचोक लगायतका चर्चित बजार तथा गाउँहरु पर्दछन् ।
यस्तै वडा नं. ७ मा १६ घरधुरी बसाई सरी आएका छन् । वडा नं. ७ साविक मोतिपुर गाविसको झण्डै आधा भाग पर्दछ । यस वडामा घेरुवा बनगाई, कोइली बनगाई, मोतीपुर डाडाँ लगायत चर्चित बजार तथा गाउँ पर्दछन् ।
वडा नं. १० मा १३ घरधुरी बसाई सरेर आएका छन् । यो वडा साविक हथौसा गाविस हो । यहाँ ओदारी, बरवा जस्ता चर्चित बजार छन् । यहाँ ०७५ मा १३ घरधुरी बसाई सरेर आएका छन् ।
वडा नं. ९ मा ९ घरधुरी बसाई सरेर आएका छन् । साविक भलवाड गाविस रहेको वडा नं. ९ अर्घाखाँची जिल्लासंग सिमा जोडिएको क्षेत्र हो । यस क्षेत्रमा कृषिको राम्रो सम्भावना छ । यहाँ ९ घरधुरी बसाई सरेर आएका छन् ।
वडा नं. ११ मा १० घरधुरी बसाई सरेर आएका छन् । यो वडा नगरपालिकाकै सबैभन्दा पछाडि परेको क्षेत्रको रुपमा हेरिन्छ । यद्यपि यो वडामा अरुको तुलनामा राम्रै बसाई सरेर आएको देखिएको छ । यहाँ ६ घरधुरी बसाई सरेर आएका छन् ।
वडा नं. ३ मा ७ घरधुरी बसाई सरी आएका छन् । साविक गजेहडाको आधा भाग रहेको यस वडामा चम्कीपुर, राजापानी, सिउटी जस्ता चर्चित बजार तथा गाउँहरु पर्दछन् ।
यो त गत बर्षको तथ्याङ्क मात्र हो । यो बर्ष पनि उतिकै मात्रामा बसाई सरी आउनेको संख्या छ । विशेष गरी वाणगंगामा अर्घाखाँचीबाट बसाई सरेर आउँनेहरु बढी छन् । यस्तै स्याङ्जा, बाग्लुङ, गुल्मी, पाल्पा जस्ता पहाडी भेगका नागरिकको रोजाईमा यस क्षेत्र रोजाईमा पर्ने गरेको छ ।
दिनुहँ बढ्दो जनसंख्या र अव्यवस्थित शहरीकरणका कारण स्थानीय सरकारलाई बजेट पु¥याउन सकस जस्तै छ । “सबै नगरबासीले आफ्नो घर अगाडि पक्की बाटो माग गर्छन्, दिनहुँ जनसंख्या बढीरहेको छ, बजेटको आकार सानो छ कसरी पु¥याउने हामीलाई पनि अप्ठ्यारो हुन्छ उप–प्रमुख चक्रपाणी अर्यालले भन्नुभयो ।”
बसाई सरी आउनेको दर घटाउनुपर्नेमा वडा नं. ८ का वडाध्यक्ष गुणनिधी भुसालले जोड दिनुहुन्छ । दिनहुँ तराईमा बसाई सराई गर्नेको संख्या बढीरहेको अवस्था प्रति चिन्ता व्यक्त गर्दै वडाध्यक्ष भुसालले राज्यले यसमा बेलैमा सोच्नुपर्ने बताउनुभयो । “बसाई सराई रोक्ने गरी प्रदेश र केन्द्र सरकारले कानुन बनाउनुपर्छ, नत्र तराईमा जनसंख्यामा चाप बढ्छ पहाड रित्तो हुन्छ, जुन भविष्यको लागि गम्भिर चिन्ताको विषय हो ।” पहाड रित्तिदै जानुको प्रमुख कारण विकासकै अभाव भएको उहाँ देख्नुहुन्छ । सरकारले पहाडका गाउँहरुलाई एकिकृत वस्ति विकास मार्फत अगाडि बढाउनुपर्नेमा उहाँको जोड छ ।
२४ श्रावण २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया