८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

जनार्दन शर्माको चेतावनी-संविधान गुडिया होइन याद रहोस



काठमाडौं ।

नेकपाका नेता जनार्दन शर्माले संविधानलाई गुडियाका रुपमा नलिन चेतावनी दिएका छन्। बिहीबार संसदको विशेष समयमा शर्माले संविधानमा उल्लेख भएका महत्वपूर्ण विषयलाई कार्यान्वयन गर्न सन्दर्भमा हेलचेत्र्याइ भएको भन्दै आपत्ति जनाउनुभएको छ ।

शर्माले नेपालको संविधानको महत्वपूर्ण विशेषताका रुपमा लिइएको संघीयता र समावेशीतालाई कार्यान्वयन गर्न सरकारबाट बेवास्ता भएको आरोप लगाउनुभयो ।

उहाले संविधान ठूलो बलिदानबाट आएकाले त्यसलाई बालबालिकाको गुडियाका रुपमा नलिन चेतावनी दिनुभयो । ‘संघीयता समावेशीताविरुद्ध आवाज सुनिन थालेको छ । प्रदेश नभए पनि हुन्छ भन्ने आवाज सुनिन थालेको छ । संविधानमा नै प्रश्न उठाउने सुरु भएको छ । त्यसलाई मान्न सकिँदैन । संविधानलाई गुडियाका रुपमा नलियोस्, चेतावनी दिन चाहन्छु । यो त्याग र बलिदानबाट आएको हो’, शर्माले भन्नुभयो ।

उहाले सत्यनिरुपण मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धि आयोगलाई पूर्णता नदिएको भन्दै आपत्ति जनाउनुभयो ।

प्रकाशित मिति : २३ श्रावण २०७६ बिहिबार ००:००  ३ : ५० बजे