मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु प्रहरीको सकृयतामा वितेको दुई महिनामा विभिन्न अपराधिक गतिविधिमा संग्लन ३५ जना पक्राउ परेका छन् । खुल्ला सिमानाका कारण पछिल्लो समय विगतमा हुने श्रृखलाबद्ध अपराधिक गतिविधिमा प्रहरीले सकृयता बढाएसँगै कमि आएको छ ।
प्रहरीले यस अवधिमा मोष्ट वान्टेड सुचिका नसिम बादशाह लगायत विभिन्न कर्तव्य, चोरी, डकैती, ठगी मुद्धाका ३५ जनालाई पक्राउ गरी कानुनी कार्रवाही अगाडी बढाएको कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शम्शेर जवराले बताए ।
पछिल्लो समय प्रहरीले मायादेवी गाउँपालिका बरकुलमा रहेको पिस ग्लोबल इंग्लिस बोर्डिङको बसमा लुकाइछिपाई राखिएको अवस्थामा खैरो हिरोइन र नक्कली नोट ५ सयका ८० थान सहित एक जनालाई समेत पक्राउ गरेर आवश्यक कार्रवाही थालेको छ । प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेसँगै नागरिकमा पनि शान्ती सुरक्षाको अनुभूति गर्न थालेको बताएका छन् ।
२३ श्रावण २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया