८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

रुपन्देहीका होटल र पाटी प्यालेसमा तीजका कार्यक्रम गर्न बन्देज



रुपन्देही ।
रुपन्देहीमा हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजका कार्यक्रम होटल र पाटी प्यालेसमा गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै तीजको दर खाने नाममा अहिलैदेखि होटल र पाटीप्यालेस बुकिङ गर्न सुरु गरीसकेको जानकारी आएको भन्दै होटल रेष्टुरेण्टमा दरखाने, महंगा पोशाक प्रदर्शन गर्ने तथा ध्वनि प्रदुषण हुने कार्य नगर्न आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भरत शर्माद्धारा हस्ताक्षरित सुचनामा तीजको मौलिकता माथि आच आउनेगरी फजुल खर्च, तडक भडक, गहना प्रदर्शन र सांगेतिक कार्यक्रमका नाममा ध्वनी प्रदुषण गरी होटल एवं रेष्टुरेण्टमा हुने दरखाने कार्यक्रमले हिन्दु नारीहरुले मनाउने मौलिक चाडको मौलिकता र सुरक्षा माथि थप चुनौती थपिएको उल्लेख छ ।
तीजमा हुने विभिन्न किसिमका विकृती, विसंगती नियन्त्रण गर्नका लागि प्रशासनले उक्त कार्य गर्ने र गराउनेलाई कानूनी कार्बाही गरिने जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६ बिहिबार ००:००  ७ : १४ बजे