८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

२५ रुपैयाँ घट्यो ग्यासको मूल्य



काठमाडौं ।
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य सिलिन्डरमा २५ रुपैयाँ मूल्य घटाएको छ । निगमले मंगलबार रातिदेखि लागू हुने गरी ग्यासको मूल्य घटाएको हो ।
अब उपभोक्ताले ग्यास १३ सय ७५ रुपैयाँमा पाउनेछन्। यसअघि ग्यासको मूल्य १४ सय रुपैयाँ थियो । निगमले ग्यासको मूल्य घटाए पनि पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने बढाएको छ ।
पेट्रोलमा एक रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य भने लिटरमा एक रुपैयाँ र ५० पैसा बढाएको छ ।
अब उपभोक्तालाई काठमाडौंमा पेट्रोल एक सय नौ रुपैयाँ र डिजल तथा मट्टीतेल भने ९७ रुपैयाँ पर्नेछ । निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६ मंगलबार ००:००  १० : ४७ बजे