८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सर्पको डसाइबाट शिवराजमा बालकको मृत्यु



दीपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकामा विषालु सर्पको डसाईबाट एक बालकको मृत्यु भएको छ । वडा ३ को चनई गाउँमा गए रात्री सर्पले डस्दा ७ बर्षिय मनोज कोहारको मृत्यु भएको हो । राती १० बजे उनलाई सर्पले डसेको पारिवारिक श्रोतले बताएको छ ।

उनलाई उपचारको लागि गोरुसिंगेको सर्पध्वंस केन्द्रमा ल्याइए पनि ढिला भएका कारण बचाउन नसकिएको वडा ४ का वडा अध्यक्ष मो.सफिक अहमद मुसलमानले बताउनुभयो । आइतबार र सोमबार पनि सर्पले डस्दा जिल्लाको बाणगंगा नगरमा एक महिला र पुरुषको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७६ मंगलबार ००:००  ९ : १५ बजे