मायादेवी अनलाइन, कपिलवस्तु ।
पत्रकार शालिकराम पुडासैनीको मृत्यु भएको छ । नुवाकोटको बेलकोट गढी नगरपालिका वडा नम्बर ३ निवासी माउण्टेन टेलिभिजनकर्मी पुडासैनीको चितवनको एक होटलमा सुतिरहेको अवस्थामा निधन भएको हो । स्रोतका अनुसार गयराति उनी होटल कंगारुमा कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रारम्भिक खबर छ । केहीले उनको हत्या गरिएको हुन सक्ने बताएका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । झुण्डिएको हुनाले उनले आत्महत्या गरेका हुन् या कसैले हत्या गरेको हो भन्नेबारे प्रहरीले छानविन गरिरहेको छ । अझै एकिन जानकारी आएको छैन । उनी साहसिक र निडर पत्रकारित गर्ने पत्रकारको रुपमा चिनिन्थे । उनको निधन भएपछि परिवार शोकमा डुवेको छ । यसको विस्तृत विवरण आउन भने बाँकी छ ।उनको साथमा रहेको परिचय पत्रका आधारमा उनलाई प्रहरीले पहिचान गरी परिवारलाई खबर गरेको थियो ।उनी नयूज २४ टेलिभिजनका पूर्व सहकर्मी पनि थिए ।
प्रतिक्रिया