८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रदेश सरकारको भ्रमण बर्ष कति सफल ?



बुटवल ।
२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित प्रदेश ५ सरकारले २०७६ साल लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाइरहेको छ । बुद्धजयन्तीका दिन राष्टपति बिद्यादेबि भण्डारीले उदघाटन गर्नु भएपश्चात बिभिन्न कार्यक्रमहरु भएका छन ।
विश्व शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन र संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन २०२० लाई टेवा र्पुयाउने उद्देश्यले प्रदेश सरकारले यो बर्ष भरीनै बुद्ध जन्मस्थल लुम्बिनी र यससंग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह (पण्डितपुर), रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, अनोमा नदी, लगायतका क्षेत्रहरुलाई बिभिन्न कार्यक्रम गर्ने छ ।
भ्रमण वर्षको उद्घाटन देखि असार मसान्तसम्म बिशेष उत्सव, प्रतियोगिता सहितका कार्यक्रमहरु सम्पन्न भएका छन । प्रदेश सरकारले लुम्विनी भ्रमण वर्षका लागि गत आर्थिक वर्ष अर्थात असार मसान्तसम्मका लागि २ करोड २७ लाख ९० हजार रुपैया बजेट बिनीयोजन गरेको थियो । बिनीयोजित बजेट मध्ये १ करोड ६१ लाख २२ हजार रुपैया खर्च भएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६ सोमबार ००:००  ८ : २२ बजे