बाबुराम रायमाझी, भलवाड (कपिलवस्तु) ।
बर्षायाममा आउने बाढीले भलवाडबासीको वाणगंगा नगरपालिकासंगको सम्पर्क टुटाउने गरेको छ । भलवाड वाणगंगा नगरपालिकाको एउटा यस्तो वडा हो जुन वरीपरी खोला र नदीको बीचमा छ । अर्घाखाँचीसंग जोडिएको भलवाड वाणगंगा नगरपालिकाको महत्वपूर्ण वडा हो । तर, भलवाड जाने मुख्य बाटोमै पूल नहुँदा बर्खायाममा भलवाडको सम्पर्क नगरपालिकासंग टुट्ने गरेको छ ।
२०५६ सालमा जिल्ला विकास समिति कपिलवस्तुबाट निर्माण भएको वाणगंगा नगरपालिका वडा नम्बर ७ र ९ को सिमा क्षेत्रको कजवे पुलको दुरावस्थाले अहिले सामान्य वर्षामा पनि दुवै वडाका नागरिकले जोखिमको यात्रा गर्न बाध्य भएका छन् ।
पूल निर्माणको कुरा उठ्न थालेको दुई दशक वितेको छ तर, कसैले सुनेको छैन् । यस क्षेत्रका नागरिक दशकौ देखि जोखिम मोलेर यात्रा गरिरहेका छन् । नदीमा आएको बाढी हेरेर वारी र पारी बसिरहेका सयौँ नगरिकहरु पानीको बाहव घटेपछि यात्रारत गन्तव्यमा पुग्ने आशमा बसिरहेका हुन्छन् । यस नदीमा कजवे भने छ तर, ठूलो बाढी आउदा त्यसको कुनै काम छैन् । यतिसम्म की यस्तो बेला ठूला गाडी समेत वारपार गर्न सक्दैनन् ।
आइतबार साँझ नदी किनारमा बस्नुभएका सब डिभिजन वन कार्यालय डोहोटेका प्रमुख जितेन्द्र सिंह खड्काले कजवेको यो अवस्था हुँदा पनि कसैको ध्यान नपुग्नु दुखद रहेको बताउनुभयो । नदी किनारमा बसेका सर्वसाधारणयहरुले एक आपसको कुराकानीमा स्थानीय जनप्रतिनिधिहरुलाई दोष दिंदै थिए । स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएको दुई वर्ष पुरा भई सक्दा पनि जनप्रतिनिहिरुको यस विषयमा कुनै चासो नहुनु दुखत रहेको बताए ।
नदीको सतह पूल सँगै जोडिन पुगेसँगै हाल सामान्य वर्षाको समयमा पनि पानीको बहाब सडक भन्दा माथि पुग्ने गरेको छ । स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएको दुई वर्ष पुरा भई सक्दा पनि जनप्रतिनिधिहरुको यस विषयमा कुनै चासो नहुनु दुखत कुरा रहेको बताए ।
नदीको सतह पूल सँगै जोडिन पुगेसँगै हाल सामान्य वर्षाको समयमा पनि पानीको बहाब सडक भन्दा माथि पुग्ने गरेको छ । जिल्लाका विभिन्न संचार माध्यमहरुबाट हरेक वर्ष एउटै विषय पटक पटक उठान भए पनि सरोकारवाला निकायको ध्यान नपुग्दा नागरिकहरु जोखिमको यात्रा गरिरहेका छन् ।
सो सडक वाणगंगा नगरपालिका वडा नम्बर ७ महेन्द्र राजमार्ग बनगाई देखि वडा नम्बर ९ भलवाड जिनुवा हुँदै अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका डोहोटे जोड्ने जिल्लाको सबैभन्दा पुरानो सडक हो ।
जिल्लाकै सबैभन्दा पुरानो सडक भए पनि त्यसको स्तरबृद्धि र पुर्ननिर्माणमा भने पछिल्लो दुई दशक यता निर्वाचित कुनैपनि जनप्रतिनिधिहरुको नजर पुग्न सकेको छैन् । जसका कारण सो सडक भएर यात्रा गर्ने हजारौँ नागरिकहरु जोखिमको यात्रा सहित सास्ति खेप्न बाध्य भएका छन् । भलवाडदेखि सदरमुकाम तौलिहवा, बुटवल, अर्घाखाँचीका लागि साना ठूला गरी २ दर्जन सवारी साधन आवतजावत गर्ने गर्दछन् ।
२० श्रावण २०७६ सोमबार ००:००
4
Shares
प्रतिक्रिया