८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आइसीसीको कारबाहीमा परे नभदिप सैनी



काठमाडौं ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भारतीय क्रिकेटर नभदिप सैनीलाई कारबाही गरेको छ । वेष्ट इन्डिजविरुद्धको पहिलो टि–ट्वान्टी क्रिकेटमा आचारसंहिता भंग गरेको भन्दै आईसीसीले कारबाही गरेको हो ।
उक्त खेलमा नभदिप म्यान अफ द म्याच भएका थिए । कारबाहीस्वरुप आईसीसीले एक अंक घटाइदिएको छ ।
आगामी दिनमा यस्तो नगर्न समेत चेतावनी दिएको छ । अम्पायरले गरेको रिपोर्टका आधारमा उनी कारबाहीमा परेका हुन् । उक्त खेलमा भारत ४ विकेटले विजय हुँदा उनले ३ विकेट लिएका थिए ।
दोस्रो टि–ट्वान्टी खेलमा डीएल मेथडमा २२ रनले विजय भएसँगै भारतले वेष्ट इन्डिजविरुद्धको तीन टि–ट्वान्टी सिरिज कब्जा गरेको छ । अन्तिम खेल मंगलबार हुनेछ ।

प्रकाशित मिति : २० श्रावण २०७६ सोमबार ००:००  ५ : ३६ बजे