८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पक्की सडक बने पछि गाउँमा ल्यायो खुसी



थानेश्वर अधिकारी, वाणगंगा ।
बर्षौ देखिको लामो प्रयास पछि गाउँमा नै पक्की सडक बनेपछि बाणगंगा नगरपालिका वडा नं ६ लक्ष्मणघाट अमौली र बैदौलीका स्थानीयबासी हर्षित भएका छन् । संसद विकास कोषबाट प्राप्त कुल पचपन्न लाख लागत र नगरस्तरीय बिशेष योजनाबाट प्राप्त पैतिस लाख गरी कुल नब्बे लाखमा बैदौली चोक, तिनघेरवा, अमौली हुँदै लक्ष्मणघाट सम्म करिव एघार सय छपन्न मिटर पक्की सडक निर्माण भएको हो ।
टेन्डर प्रकृया र उपभोक्ता समिति गरी दुवै प्रकृयाबाट निर्माण सम्पन्न गरिएको सो सडक निर्माण गर्न बि.आ.सी. कन्ट्रक्सन कम्पनीले जिम्मा लिएको थियो । सो कम्पनीले करिव ७६६ मिटर सडक पिच गरी बाँकी बचेको रकमबाट शिवशक्ति टोल विकास संस्था उपभोक्ता समिति मार्फत ३९० मिटर पक्की बाटो निर्माण गरिएको बाणगंगा नगरपालिका वडा नं ६ का वडाध्यक्ष सुकदेव थारुले जानकारी दिनु भएको छ ।
पक्की बाटो निर्माण नहुँदा हिलो, धुलोका कारण समुदायका मानिसहरुलाई आवत जावत गर्न निकै कठिनाई परेको परिरहेको बेला सो सडक निर्माणबाट धेरै सुविधा भएको स्थानीयवासी बताउँछन् । बाणगंगा नगरपालिका वडा नं ६ का अधिकांश बाटोहरु पिच भै सकेको र बाँकी रहेका टोल बस्तीका बाटाहरु पनि क्रमश प्राथमिकताका साथ पक्की बनाउदै लैजाने वडाध्यक्ष थारु बताउनु हुन्छ ।

प्रकाशित मिति : २० श्रावण २०७६ सोमबार ००:००  ७ : ०६ बजे