मायादेवी अनलाइन, वाणगंगा ।
नव जागृती सामुदायिक बन उपभोक्ता समितिको अध्यक्षमा पदमलाल अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. २ मा अवस्थित बनको अध्यक्षमा अधिकारी निर्वाचित हुनुभएको हो । समितिको सचिवमा शारदा पुन, कोषाध्यक्षमा भगवता अधिकारी सहित ११ जना सदस्यिय समिति चयन गरिएको छ ।
समितिको ११ औं साधारणसभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । पूर्ण प्रताप पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पवित्रा घिमिरेले गर्नुभएको त्यहाँबाट विष्णु घिमिरेले जानकारी दिनुभयो ।
१९ श्रावण २०७६ आइतबार ००:००
2
Shares
प्रतिक्रिया