मायादेवी अनलाइन, कपिलवस्तु ।
आफ्नै गाडीले ज्यानै लिन्छ भन्ने कसले सोचेको हुन्छ होला ! कपिलवस्तुमा आइतबार साँझ यस्तै घटना घटेको छ । जीतपुरदेखि सदरमुकाम तौलिहवातर्फ आउँदै गरेको बसबाट खसेर सहचालकको अल्पायुमै निधन भएको हो । निधन हुनेमा वाणगंगा नगरपालिका वडा नं. ८ मोर्मी निवासी मधुसुदन पाण्डे रहेका छन् ।
पाण्डे ना ४ ख १८९६ नम्बरको बसमा सहचालकको भूमिकामा रहेको बताइएको छ । जीतपुर–तौलिहवासडक खण्ड अन्र्तगत कपिलबस्तु नगरपालिकाको रामनगरमा पाण्डे बसको ढोकाबाट खसेका थिए । चिप्लिएर खसेका पाण्डे सवार बसको पछाडिको चक्काले किच्दा मृत्यु भएको वडा प्रहरी कार्यालय तौलिहवाले जनाएको छ । युवा उमेरका पाण्डेको निधनले मोर्मी शोकमा डुबेको छ ।
१९ श्रावण २०७६ आइतबार ००:००
2
Shares
प्रतिक्रिया