मायादेवी अनलाइन, कपिलवस्तु ।
मेघा बैंक लिमिटेड जितपुर शाखाले मृत्यु लाभ बापतको रकम हस्तान्तरण गरेको छ । कपिलवस्तुको वाणगंगा ४ ठाकुरापुरमा ५ महिना अघि हत्या गरिएकी अनिता पौडेलको परिवारलाई बैंकले दुर्घटना लाभ सुविधा अन्तरगत ६३ हजार ९ सय ७४ रुपैया हस्तान्तरण गरेको हो ।
पौडेलको ५ महिना अघि आफ्नै घरमा हत्या भएको थियो । मृतक अनिता पौडेल सिद्धिपुर स्थिीत होराइजन आवसिय माध्यमिक विद्यालयमा कार्यरत हुनुहुन्थ्यो ।
पौडेलको विद्यालयले मेघा बैङकमा कर्मचारी बचत खाता खोलेको थियो कर्मचारी बचत खाता अन्तरगत दुर्घटना लाभ सेवा अन्तरगत उक्त रकम अनिताको परिवारलाई हस्तान्त्रण गरिएको हो ।
अनिताका बुबाले उक्त रकमले आफुलाई केहि राहत मिलेको भन्दै सो रकम अनिताका छोराछोरीको पढाइमा खर्च गर्ने बताउनुभयो । उहाले मेघा बंैकलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै होराइजन माविका प्राचार्य बासुदेव घिमिरेले पनि मेघा बंैकलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
कार्यक्रम मेघा बंैकका प्रबन्धक सरोज भण्डारीको अध्यक्षता, होराइजन माविका प्राचार्य बासुदेव घिमिरेको विशिष्ट आतिथ्यता, विद्यालयका उपाध्यक्ष हिमलाल पौडेल, अनिताका बुबा प्रेमनाथ भुसाल, बैंकका सञ्चालक प्रबन्धक सूर्यप्रसाद पाण्डे, कर्जा प्रमुख फर्सुराम गैरे लगायतको उपस्थिती रहेको थियो ।
१९ श्रावण २०७६ आइतबार ००:००
2
Shares
प्रतिक्रिया