मायादेवी अनलाइन, अर्घाखाँची ।
शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले अर्घाखाँचीको शितगंगा ११ को तराईसँग जोडिएको १ सय २० बर्ग किलोमिटर तराई क्षेत्र कपिलवस्तुमा गाभिएकाले सिमा बिबाद टुङ्गाउन आफू लागि परेको बताउनु भएको छ ।
सिमा क्षेत्रमा रहेको शितगंगाको मौवाबारी, लुङग्री लगायत यति धेरै क्षेत्रफल बाहिरिएकोमा आफु चकित भएको भन्दै सिमा क्षेत्र बिवाद टुंगो लगाउन नगरपालिकाले यसलाई पहिलो मुद्धाको रूपमा अगाडि सारिएको बताउनुभयो । प्रमुख आसनबाट संबोधन गर्दै नगर प्रमुख अधिकारीले कार्य सम्पादन गर्ने शैलीमा जनप्रतिनिधी, उपभोक्ता र कर्मचारीको भूमिका एक बर्ष भित्रमा कस्तो रह्यो भन्ने बारेमा छलफल गरी निष्कर्षको आधारमा अगाडी बढ्नका लागि १४ ओटै वडामा बार्षिक प्रगती समिक्षा तथा कृषि अनुदान कार्यक्रम सुरु गरिएको बताए ।
नगर प्रमुख अधिकारीले नेपालकै ठुलो शितगंगा नगरपालिकामा संघ र प्रदेशबाट आउने अनुदान रकम अप्रयाप्त भएको भन्दै ठुलो क्षेत्रफल रहेको नगरपालिकामा सानो रकमले बिकासका योजनामा बजेट बनाउनै कठिन भएको उल्लेख गरे । १ सय ५० बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएका नगरपालिका र ७ सय ३० बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएकालाई एउटै तुलनामा राखेर दिएको बजेट बिभेदकारी र अन्यायपुर्ण भएको उनले बताए ।
अहिले सम्म शितगंगा नगरपालिकामा आउने गरेको बजेट बिकासमुखी बजेट नभएर बितरणमुखी बजेट आउने गरेको भन्दै नगर प्रमुख अधिकारीले क्षेत्रफलको आधारमा बजेट बितरण गर्न माग गरे । नगर प्रमुख अधिकारीले खयरबट्टी, फोर्सल खानेपानी, मौवाबारी सिचाई, सडक निर्माणमा जोड दिईने बताए ।
आव ०७५÷०७६ को बार्षिक योजना समिक्षा तथा बाख्रापालन गरी बर्षमा १ सय किलो भन्दा बढी जिउँदो खसी बोका बेच्ने शितगंगा ११ का ८ जना किसानलाई प्रति केजी रु ५० का दरले ५३ हजार अनुदान रकम बितरण गरिएको छ । अनुदान पाएपछि किसान बाख्रापालनमा आकर्षण भएका छन ।
एक बर्ष भित्रमा सम्पन्न भएका र पुरा नभएका योजनाको बारेमा वडा अध्यक्ष कोपिलाचन्द आलेले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्याक्रममा खानेपानी, सडक, बिद्युत, शिक्षा, स्वास्थ्यका योजनाका बारेमा नागरिक बाट उठेका जिज्ञासाको जवाफ वडा अध्यक्ष कोपिलाचन्द आलेले दिएका थिए ।
वडा अध्यक्ष आलेले यो आर्थिक बर्षमा अधुरा योजना पुरा गर्ने तथा युवा, किसान र महिलामुखी योजना अगाडी सारिने बताए । वडा अध्यक्ष आलेको अध्यक्षता तथा नगर शिक्षा संयोजक बाबुराम बराल, वडा सदस्यहरु, सामुदायिक वनका प्रतिनिधी, उपभोक्ता समितीका प्रतिनिधी, पार्टी प्रतिनिधी, बुद्धिजिबी, संचारकर्मी, सुरक्षाकर्मी लगायतको बाक्लो उपस्थिती रहेको कार्यक्रम नगरका योजना प्रमुख नुमलाल खनालको सचालनमा संपन्न भएको थियो ।
बार्षिक प्रगती समिक्षा गोष्टी तथा कृषक अनुदान कार्यक्रम १४ वडाबाट सुरु भई निरन्तर पालैपालो सबै वडाहरुमा संचालन गरिने नगरपालिकाले जनाएको छ ।
१८ श्रावण २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया