८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

विकासको क्षेत्रमा कलम चलाएको भन्दै मायादेवीकर्मी आले सम्मानित



मायादेवी अनलाइन, अर्घाखाँची ।
सुशासन र बिकासको क्षेत्रमा कलम चलाएको भन्दै मायादेवीकर्मी बिष्णु कुमार आले एक कार्यक्रमका बीच सम्मानित भएका छन् । जिल्लाको समग्र बिकास र समाजमा भएका राम्रा नराम्रा बिषयलाई निष्पक्ष तथा सन्तुलित रुपमा उठान गरी सुशासनको पक्षमा कलम चलाएको भन्दै मायादेवीकर्मी आले सम्मानित भएका हुन् ।
आले नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद समेत रहेका छन् । शितगंगा नगरपालिकाले वडा नम्बर १४ मा आयोजना गरेको बार्षीक प्रगती समिक्षा गोष्ठी तथा कृषक अनुदान कार्यक्रममा दोसल्ला ओढाएर मायाको चिनो र प्रशंसापत्रले सम्मान गरेको हो । मायादेवीकर्मी आलेले बिगत १५ बर्ष देखि स्थानीय तथा राष्ट्रिय मिडियामा रहेर ब्यवसायिक रुपमा पत्रकारीता गर्दै आएका छन् ।
कार्यक्रमको प्रमुख आसनबाट सम्बोधन गर्दै नगर प्रमुख सुर्य प्रसाद अधिकारीले कार्य संपादन गर्ने शैलीमा जनप्रतिनिधी, उपभोक्ता र कर्मचारीको भुमिका एक बर्ष भित्रमा कस्तो रह्यो भन्ने बारेमा छलफल गरी निष्कर्षको आधारमा अगाडी बढ्नका लागि १४ ओटै वडामा बार्षिक प्रगती समिक्षा तथा कृषि अनुदान कार्यक्रम सुरु गरिएको बताए ।
नगर प्रमुख अधिकारीले नेपालकै ठुलो शितगंगा नगरपालिकामा संघ र प्रदेशबाट आउने अनुदान रकम अप्रयाप्त भएको भन्दै ठुलो क्षेत्रफल रहेको नगरपालिकामा सानो रकमले बिकासका योजनामा बजेट बनाउनै कठिन भएको उल्लेख गरे ।
१ सय ५० बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएका नगरपालिका र ७ सय ३० बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शितगंगा नगरपालिलाई एउटै तुलनामा राखेर दिएको बजेट बिभेदकारी र अन्यायपुर्ण भएको उनले बताए । अहिले सम्म शितगंगा नगरपालिकामा आउने गरेको बजेट बिकासमुखी बजेट नभएर बितरणमुखी बजेट आउने गरेको भन्दै नगर प्रमुख अधिकारीले क्षेत्रफलको आधारमा बजेट बितरण गर्न माग गरे ।
नगर प्रमुख अधिकारीले बिक्रम—पावरा जोड्ने बाणगंगा नदीमा पूल निर्माणका लागि प्रदेश सरकारले प्रतिबद्धता जनाएपनि अहिले सम्म कामको सुरुवात नहुँदा आफुलाई दुख लागेको बताए । यस बारेमा आफुले पहल गर्ने उनले बताए । आफुले उद्घोष गरेको बाचाको सुरुवात गर्दै नगर प्रमुख अधिकारीले आफुले पाउने ५ बर्षमा हुन आउने १८ लाख पारिश्रमिक रकम नगर भित्रका १२ ओटा बिद्यालयलाई १ लाख ५० हजारका दरले बितरण गरी बिद्यालयमा आफ्नो नाममा अक्षयकोष खडा गर्ने प्रतिबद्धता सहित पावरा माध्यमिक बिद्यालयका नाममा १ लाख ५० हजार रकमको चेक बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष र प्रधानाध्यापकलाई हस्तान्तरण गरेका छन् ।
आव ०७५÷०७६ को बार्षिक योजना समिक्षा तथा बाख्रापालन गरी बर्षमा १ सय किलो भन्दा बढी जिउँदो खसी बोका बेच्ने ३४ जना किसानलाई प्रति केजी रु ५० का दरले अनुदान रकम बितरण गरिएको छ । अनुदान पाएपछि किसान बाख्रापालनमा थप आर्कषण भएका छन् । वडा नम्बर १४ मा ३ लाख २ हजार ५ सय ५० रुपियाँ मासुमा अनुदान बितरण गरिएको छ ।
एक बर्ष भित्रमा सम्पन्न भएका र पुरा नभएका योजनाको बारेमा वडा अध्यक्ष दामोदर न्यौपानेले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्याक्रममा खाँनेपानी, सडक, बिद्युत, शिक्षा, स्वास्थ्यका योजनाका बारेमा नागरिक बाट उठेका जिज्ञासाको जवाफ वडा अध्यक्ष न्यौपानेले दिएका थिए । वडा अध्यक्ष न्यौपानेले यो आर्थिक बर्षमा अधुरा योजना पुरा गर्ने तथा युवा, किसान र महिलामुखी योजना अगाडी सारिने बताए ।
उपभोक्ताले सिमलपानी छेडा देखि बिक्रम—पावरा जोड्ने सडक मर्मत संहार गरेपनि बर्खाको भेलले जिर्ण बनेको सडकको दिगो स्तरउन्नतिमा ध्यान दिनु पर्ने, जनजातीको बढि बसोबास रहेको गन्दीमा बिद्यालय भवन निर्माण गर्नु पर्ने, किसानलाई अझ थप प्रोसाहित गर्नु पर्ने, बिक्रम पावरा पुल निर्माणमा पहल गर्नु पर्ने, युवा स्वरोजगार कार्यक्रम भित्राउनु पर्ने, महिला उद्यमशील कार्यक्रम ल्याउनु पर्ने, तालिम भन्दा ब्यवसायिक रुपमा काम गर्ने किसानलाई प्रोसाहन गर्नु पर्ने, लालपूर्जा बिहिन बिक्रमसोताका जग्गा धनिलाई लालपुर्जा उपलब्ध गराउन केन्द्रिय सरकार सँग पहल गर्ने लगायतका माग नागरिकले राखेका थिए ।
वडा अध्यक्ष दामोदर न्यौपानेको अध्यक्षता तथा नगर शिक्षा संयोजक बाबुराम बराल, वडा सदस्यहरु, सामुदायिक वनका प्रतिनिधी, उपभोक्ता समितीका प्रतिनिधी, पार्टी प्रतिनिधी, बुद्धिजिबी, संचारकर्मी, सुरक्षाकर्मी लगायतको बाक्लो उपस्थिती रहेको कार्यक्रम नगरका योजना प्रमुख नुमलाल खनालको सचालनमा सम्पन्न भएको थियो ।
बार्षिक प्रगती समिक्षा गोष्टी तथा कृषक अनुदान कार्यक्रम १४ वडाबाट सुरु भई निरन्तर पालैपालो सबै वडाहरुमा संचालन गरिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६ शुक्रबार ००:००  १ : १९ बजे