काठमाडौँ ।
राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले नियमित, ग्रेड बृद्धि र आंशिक तर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित गरेको हो ।
सोमबार अपरान्ह सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ३ हजार ६७ जना छन् । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए ।
नियमित तर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थीमध्ये ३ हजार ६७ जनाले मात्रै उच्च तहको जीपीए प्राप्त गरे। ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ जना छ । ग्रेडिङ पद्दतिअनुसार ९ वटा तहको ग्रेडअनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो । ३१ हजार विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन्। २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३ जना रहेको छ ।
सबैभन्दा धेरै विद्यार्थीले मध्यम स्तरको जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ । २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७ जना रहेका छन् । १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् ।
१.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार रहेको छ भने ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन् । सबैभन्दा कमस्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना छन् । ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए ।
१३ श्रावण २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया