मायादेवी अनलाइन, वाणगंगा ।
आफ्नो जन्मत्सवको अवसरमा विद्यार्थी नेता शंकर न्यौपानेले समाजसेवी काम गर्नुभएको छ । नेविसंघ कपिलवस्तुका उपाध्यक्ष समेत रहनुभएका न्यौपानेले जन्मत्सवको अवसर पारेर सुस्तमनस्थितीका बृद्धबृद्धा तथा बालबालिकालाई सहयोग गर्नुभएको हो ।
मानव सेवा आश्रममा रहेका ती बृद्धबृद्धा र बालबालिकाका लागि ५ हजार ५ सय ५ रुपैया सहयोग गरेर जन्मत्सव मनाएको न्यौपानेले बताउनुभयो ।
भड्किलो परम्पराबाट जन्मदिन मनाउनु भन्दा कसैलाई सहयोग गर्नु नै मानविय धर्म ठानेर सहयोग गरेको उहाँले बताउनुभयो । पछिल्लो समय युवा पिढीमा जन्मत्सव फरक तरिकाले मनाउने गरेकाछन् ।
११ श्रावण २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया