८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

इपिएसको नतिजामा अब्बल लुम्बिनी



बिमल गैरे, वाणगंगा ।
कोरियन भाषा परीक्षा (इपिएस) मा लुम्बिनी लर्निङ सेन्टर प्रा.लि.ले आफ्नो नामलाई उचो बनाउदै लगेको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाका गजेहडा र चारनम्बरमा शाखा रहेको लुम्बिनी लर्निङ सेन्टरले इपिएसको रिजल्टमा आफुलाई उचो बनाउदै लगेको हो । विगत आधा दशक देखि कोरियन भाषा पढाउँदै आएको सेन्टर जिल्लामा उत्कृष्ट मध्येको एक हो । विद्यार्थी संख्याको आधारमा सेन्टरले निकाल्ने नतिजा राम्रो आउने गरेको छ ।
यस बर्ष पनि इपिएसमा लुम्बिनीले उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । यहाँ अध्ययन गरेका १ सय ४१ विद्यार्थी मध्ये ४३ जनाले नाम निकाल्न सफल भएको प्रबन्ध निर्देशक असिम क्षेत्रीले बताउनु्भयो ।
क्षेत्रका अनुसार यसवर्ष ३६ जना उत्पादनमूलक (उद्योग) समूहतर्फ र ७ जना कृषितर्फ कोरिया जाने छन् । गत बर्ष पनि लुम्बिनीले कपिलवस्तुमा सबैभन्दा बढी परिक्षार्थी उत्रीर्ण गराउन सफल भएको थियो । लगातार लुम्बिनी कोरियन भाषामा उत्कृष्ट हुँदै जादा परिक्षार्थीको चाप पनि बढिरहेको छ ।
भाषा पढ्नका लागि कपिलवस्तुसंगै अर्घाखाँची, दाङ, प्यूठान र रुपन्देहीबाट समेत आउने गरेका छन ।
कोरियन भाषासंगै लुम्बिनीले जापानीज, अंग्रेजी भाषा संगै लोक सेवा, शिक्षक सेवा, वृजकोर्ष लगायतको शैक्षिक कोर्ष सिकाउने शैक्षिक निर्देशक नविन चौधरीले बताउनुभयो । यस बर्षपनि कोरियन भाषा पढ्नेका लागि आवेदन खुल्ला भैसकेको चौधरीले बताउनुभयो ।

प्रकाशित मिति : ७ श्रावण २०७६ मंगलबार ००:००  ९ : २७ बजे