८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बाणगंगा माविद्धारा एसईईमा जिल्ला प्रथम पाण्डे सम्मानित, यस्तो भयो विजयी र्याली



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका ४ ठाकुरापुरमा अवस्थित बाणगंगा माविले एसईई परिक्षा २०७५ मा जिल्ला प्रथम हुन सफल भएका अमृत पाण्डेलाई विशेष सम्मान गरेको छ । विद्यालयमा विजयी य्याली तथा विशेष सम्मान कार्यक्रमको आयोजना गरी एसईईमा ३ दशमलव ९५ जिपिए प्राप्त गरी जिल्ला प्रथम भएकोमा बधाई ज्ञापन गर्दै सम्मान गरेको हो । प्रदेश सांसद विष्णु पन्थीले पाण्डे र उनका अभिभावकलाई कदर पत्र, दोसल्ला, फूलमाला र अविरले सम्मान गर्नुभएको थियो ।

Image may contain: 4 people, people standing
सम्मान तथा विजयउत्सव य्यालीलाई सम्बोधन गर्दै सांसद पन्थीले पाण्डेको सफलताले जिल्लाभरकै सामुदायिक विद्यालयको शिर उचो भएको बताउनु भयो । थोरै मात्र बोल्नुभएका उहाँले अब्बल नतिजा हासिल गरेकोमा विद्यालयको भूमिकाको पनि मुक्तकण्ठले प्रसंसा गर्नुभयो । अहिलेको अंकभन्दा पनि भविष्यमा पाण्डेले गर्ने उपलब्धिले उनको खास परिचय हुने भन्दै आगामी दिनमा थप जेहेन्दार बन्न उहाँले पाण्डेलाई सुझाउनु भयो ।
सामुदायिक विद्यालय कमजोर छैनन् भन्ने पाण्डेको सफलताले बताउँछ उहाँले भन्नुभयो– पहिला सामुदायिक व्यिालयलाई विश्वास गरौँ । सरकारको लगानी अनुसार अझै पनि देशभरका सामुदायिक विद्यालयको अवस्था कमजोर भए पनि जिल्लाको बाणगंगा नगरमा भने सामुदायिक विद्यालयको गुणस्तर राम्रो भएको बताउनु भयो ।
वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षत्रीको अध्यक्षता, शिक्षक विष्णु थापाको संचालनमा सम्पन्न सम्मान कार्यक्रममा नगरउपप्रमुख चक्रपाण्ी अर्याल, वाणगंगा शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई, श्रोतव्यक्ति कविराज भण्डारी, विद्यालयका पूर्व प्रधानाधयापक नन्द किशोर शुक्ल, सम्मानित हुने पाण्डे र उनका अभिभावक लगायतले बोल्नुभएको थियो ।
विजयी र्याली
यस्तै विद्यालयले जिल्ला प्रथम भएको खुसीमा बाणगंगामा विजयी र्याली पनि निकालिएको छ । सम्मान कार्यक्रमपछि विद्यालय प्राङगणबाट सुरु भएको र्यालीले गजेहडा,चार नम्बर जितपुर, पिपरा, बोडगाउँ, चप्परगाउँ र बनगाइमा पुगेर पुनः विद्यालयमा आएको थियो । तिनवटा गाडीसहित निस्किएको र्यालीमा चर्को गर्मीको प्रवाह नगरी विद्यालयको प्रसंसामा नारा लगाइरहे । विद्यालय कस्तो बाणगंगा जस्तो, हिपहित हुर्रे, अमृत पाण्डे जिन्दाबाद लगायतका नारा लगाएका थिए ।

जिल्ला प्रथम पाण्डेसहित सम्पूर्ण एसइइ उत्तीर्ण विद्यार्थी, विद्यालयका शिक्षक, कर्मचारी, समाजसेवी, शिक्षाप्रेमी लगायतको उपस्थिति रहेको र्यालीमा बिभिन्न गीतसंगितमा विद्यार्थी तथा शिक्षकहरुले नाचगान गरेका थिए । विद्यालयको उपलब्धिलाई नगरभरी चिनाउने र्याली गरिएको प्रधानाध्यापक भण्डारीले बताउनु भयो । यसअघि पनि विद्यालयले पटकपटक जिल्ला प्रथमको गरिमा कायम गरिरहेको छ । आगामी दिनमा यो सफलतालाई जारी राख्ने भन्दै विद्यालयले नयाँ नयाँ काम गरिरहेको भण्डारीको भनाई छ ।

Image may contain: 1 person, smiling, flower

प्रकाशित मिति : १९ असार २०७६ बिहिबार ००:००  ६ : ५० बजे