८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सिद्धार्थ बोर्डिङले दियो मृतक विद्यार्थीका परिवारलाई ८० हजार



रचना खासु मगर, तौलिहवा ।
ब्लड क्यान्सरबाट मृत्यु भएका बिद्यार्थीको परिवारलाई तौलिहवा स्थित सिद्धार्थ बोर्डिङ स्कुलले ८० हजार १० रुपैँया सहयोग गरेको छ । कक्षा नौ मा अध्ययरत कपिलवस्तु नगरपालिका– ३ बिशंभरपुरका बिशाल यादवको गत जेठ १३ गते मृत्यु भएको थियो ।
एक महिना अघि मात्र ब्लड क्यान्सर लागेको थाहा भए पछि बोर्डिङ स्कुलका बिद्यार्थी, शिक्षक र कर्मचारीहरुले बिशालको उपचारका लागि सो सहयोग संकलन गरेका थिए । वडा अध्यक्ष प्रकाश गैरेकोे रोहोवरमा वोर्डिङका प्राचार्य गुनाखर गैरेले बिशालको बुवा त्रिबेणीलाई सो रकम हस्तान्तरण गरेका थिए ।
घरमा भएको एक मात्र छोरा सुरेशको मृत्युले उनको परिवार अहिले गहिरो शोकमा छ । त्रिबेणीका अनुसार छोरा बिशाललाई खुट्टा दुखे पछि एक महिना अघि उपचार गराउनेक्रममा ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । उनले छोराको उपचार भरतपुर क्यान्सर अस्पतालमा गराएर घर फर्किनेक्रममा मृत्यु भएको बताए ।
छोराको उपचारमा सरसापट लिएर कुल ६ लाख बढी खर्च गरेको बताए । नगरपालिका ४ गोपालपुर स्थित दान प्याक्ट्रीमा गाडी चालकका रुपमा काम गर्छन । मासिक १ हजारको कमाईले उनले आफ्नो ५ जनाको परिवारको गुजारा चलाउने गरेका छन ।
उनका नाबालिक २ छोरी छन् । आफु सुगर र श्रीमती गंगा दम रोगले ग्रसित छन । बर्षौ देखि झुपडीमा बस्दै आएका उनले गत बर्ष पक्की घर निर्माणको लागि जग हालेका थिए । तर छोराको उपचारमा लागको खर्च र मृत्युले उनको पक्की घर बनाउने सपना भने अधुरो छ । ‘छोरोको मृत्युसंगै सबै सपनाहरु उडेर गयो, उनले भने । सहयोगका लागि बिद्यालयलाई धन्यबाद दिदै उनले आफ्ना दुइ छोरीलाई जसरी पनि पढाउने बताए ।

प्रकाशित मिति : १७ असार २०७६ मंगलबार ००:००  १० : ५९ बजे