मायादेवी अनलाइन, कपिलवस्तु ।
बाणगङ्गा नगरपालिका ४ ठाकुरापुरस्थित बाणगंगा माविबाट एसईई २०७५ मा सहभागी भएर जिल्ला प्रथम भएका अमृत पाण्डेले सामुदायिक विद्यालयलाई कहिल्यै कमजोर ठान्न नहुने बताउनु भएको छ । जितपुरस्थित माउण्ट एभरेष्ट कन्सलटेन्सी (म्याज) ले शुक्रबार विहान गरेको सम्मान कार्यक्रममा बोल्दै पाण्डेले सामुदायिक बिद्यालयलाई कमजोर ठान्नु भ्रम मात्र भएको बताउनु भयो ।
उहाँले भन्नुभयो–“म सामुदायिक विद्यालयको नै प्रोडक्ट हुँ । यसमा मलाई गर्व छ । सरकारी विद्यालय राम्रा हुँदैनन् भन्नु चेतनाको कमी हो ।” उहाँले थप्नुभयो– “पहिला सामुदायिक विद्यालयलाई विश्वमस गरौँ ।”
विद्यालयले राम्रो प्रशासनिक ब्यवस्था मिलाउने हो भने सामुदायिक विद्यालय कहिल्यै पनि पछि नपर्ने पाण्डेको भनाई छ । उहाँले आफ्नो सफलताको पछाडी बुबा आमा र विद्यालय परिवार र आफन्त साथीभाइको ठुलो हात रहेको बताउनुभएको छ ।
आफ्नो लक्ष्य ४ जिपिए हासिल गर्ने भए पनि त्यो पुरा नभएको र भावी दिनमा उच्च शिक्षा हासिल गर्ने क्रममा त्यो सपना पुरा गर्ने उहाँको भनाई छ । कन्सलटेन्सीका सिइओ माधव बञ्जाडेले पाण्डे साँच्चै नै विलक्षण भएकाले उनले शिक्षा क्षेत्रमा धेरै गर्न सक्ने बताउनु भयो । आफ्नो संस्थामा ब्रिज कोर्श पढाइरहँदा आफूले उनको क्षमतालाई नजिकबाट हेरेको भन्दै पाण्डेले उच्च शिक्षाको दौरानमा जिल्लाको नाम उचो बनाउने बञ्जाडेले विश्वास व्यक्त गर्नुभयो । शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार पाण्डेले सामुदायिक विद्यालयबाट ३ दशमलव ९५ जिपिए प्राप्त गरी कपिलवस्तु प्रथम भएको विद्यालयको दाबी छ ।
पाण्डेले ६ विषयमा ए प्लस र २ बिषयमा ए जिपिए हासिल गरेका छन् । पाण्डेको यो सफलतामा विद्यालयले पनि बधाई दिएको छ ।
१३ असार २०७६ शुक्रबार ००:००
6
Shares
प्रतिक्रिया