८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पाराग्वेलाई टाइब्रेकरमा हराउदै ब्राजिल पुग्यो सेमिफाइनलमा



एजेन्सी ।
आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलको सेमिफाइनलमा स्थान पक्का गरेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार बिहान भएको क्वाटरफाइनलमा पाराग्वेलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
निर्धारित र थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि गोल खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । पेनाल्टीमा ब्राजिलले चार गोल गर्न सक्यो, पाराग्वेले तीन गोल मात्रै गरेको हो ।
पेनाल्टीमा ब्राजिलका विलियन, माक्र्विन्होस, फिलिप कोन्टिन्हो र गाब्रिएल जिससले गोल गरे । तेस्रो नम्बरमा पेनाल्टी प्रहार गर्न आएका रोबर्टो फिरमिनोको प्रहार भने पाराग्वेका गोल रक्षकले रोके ।
पाराग्वेका आन रोड्रिग्वेज रोजस, ब्रुनो वाल्डेज र मिगुएल अल्मिरोनले गोल गरे । पाराग्वेका गुस्तावो गोमेज र डेर्लिस गोन्जालेजले गोल गर्न सकेनन् ।

प्रकाशित मिति : १३ असार २०७६ शुक्रबार ००:००  ९ : ०१ बजे