८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बाणगङ्गा मावि गजेहडाका अमृत पाण्डले ल्याए ३ दशमलव ९ जिपिए, जिल्ला प्रथमको दाबी



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको बाणगङ्गा माविका छात्र अमृत पाण्डे एसइइ नतिजामा जिल्ला प्रथम भएको विद्यालयले दाबी गरेको छ ।

शुक्रबार साँझ सार्वजनिक भएको नतिजामा पाण्डेले ३ दशमलव ९ जिपिए हासिल गरी जिल्ला प्रथम भएको विद्यालयका प्रधानाध्यापक राम प्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार योे नतिजा जिल्लामै प्रथम रहेको छ । पाण्डेले ६ विषयमा ए प्लस र २ बिषयमा ए जिपिए हासिल गरेका छन् ।

अहिलेसम्म जिल्लामा सो भन्दा माथि अंक कसैको नआएका कारण सम्भवतहः यो नतिजा जिल्लामा प्रथम भएको हुन सक्ने बाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराइले रेडियो मायादेवीलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ असार २०७६ शुक्रबार ००:००  ७ : ०८ बजे