मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा विहीबार देखि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरिएको छ । नगरपालिकाका दुई वडामा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरिएको हो ।
वडाले सुरु गरेको कार्यक्रमको नगर प्रमुख केशव कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । नगरको वडा नं. ४ को बुड्ढीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख श्रेष्ठले निर्देशिकाले भने बमोजिम आफ्नो काम कुशलतापूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो । बेरोजगारका लागि रोजगार कार्यक्रम आएको भन्दै यसले आयआर्जनमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।
वडा नं. ४ का वडाध्यक्ष पवन कुमार थारुले विहीबारबाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ भएको जानकारी दिनुभयो । यसैगरी नगरको वडा नं. १ मा पनि कार्यक्रम सुरु भएको छ ।
प्रतिक्रिया