मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु स्थायी घर भई बुटवलमा अध्ययनरत सविना सुवेदीले एसईई परिक्षामा ४ जिपिए ल्याएकी छिन् । बुटवलको कालिका मानव ज्ञान माविबाट एसईई दिएकी सुवेदीले ४ जिपिए ल्याएकी हुन् । उनले ल्याएको ४ जिपिए सामुदायिक विद्यालय तर्फ देशकै पहिलो रहेको दाबी गरिएको छ ।
उनी कक्षा ८ देखि कालिका मानव ज्ञान बुटवलमा अध्ययनरत थिइन् । विद्यालयबाट २०७५ सालको एसईई परिक्षामा ३ सय ६७ जना विद्यार्थी सहभागी थिए । उनका बुवा श्याम सुवेदीले आफ्नी छोरीले ४ जिपिए ल्याएर सामुदायिक विद्यालय तर्फ देशकै पहिलो भएको दाबी गर्नुभयो ।
विद्यालयले देशमै उत्कृष्ट अंक ल्याएर सामुदायिक विद्यालय तर्फ पहिलो भएको जानकारी आफुलाई दिएको सुवेदीले बताउनुभयो ।
विहीबार प्रकाशित एसईई परिक्षामा उत्र्रिण विद्यार्थीले विभिन्न दाबी गर्न थालेका छन् । विगत तीन बर्ष देखि जिपिए प्रणालीबाट एसईईको नतिजा सार्वजनिक हुँदै आएको छ ।
१२ असार २०७६ बिहिबार ००:००
6
Shares
प्रतिक्रिया