८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बुद्धभूमिको मानपुर भयो बालविवाह मुक्त



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ७ बालविवाह मुक्त वडा घोषणा भएको छ । साविक मानपुर गाविस समेत रहेको वडा नं. ७ लाई नगर प्रमुख केशव कुमार श्रेष्ठ सहितको सरोकारवालाहरुको उपस्थितीमा भव्य समारोह गरि बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।
वडा अध्यक्ष राजेश्वर सिंहले बालविवाहमा वडाले गरेका प्रगति विवरण सार्वजनिक गर्दै वडा बाल विवाह मुक्त भएको घोषणा गर्नुभएको थियो ।

वडा अध्यक्ष सिंहले सार्वजनिक गरेको प्रतिवेदनमा वडाभित्र बालविवाह मुक्त सुचाङ्क ९७ प्रतिशत मात्र रहेको छ । एक बर्षको अवधिमा वडाको बैवाहिक तथ्याङ्क लिदा कुल विवाह ४० भएकोमा एक जनाले मात्र २० बर्ष मूनि विवाह गरेकोले बाल विवाह मुक्त तथ्याङ्क पूरा भएकोले वडालाई बालविवाह मुक्त क्षेत्र घोषणा गरिएको वडाध्यक्ष सिंहले बताउनुभयो ।
बालविवाह मुक्त वडा घोषणा गर्दै नगर प्रमुख श्रेष्ठले यसलाई पूर्ण कार्यान्वयन गर्न माग गर्नुभयो । कानुनले तोकेको विहेबारी २० बर्ष पारी भन्ने नारालाई सार्थकता पार्न सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । कम उमेरमा विवाह गरे कानुनबाट पनि कडा कार्रबाही हुने भन्दै यसमा अभिभावक सचेत हुनुपर्ने बताउनुभयो । नगरका सबै वडालाई बालविवाह मुक्त वडा बनाउने उहाँले उद्घोष गर्नुभयो ।
वडालाई बाल विवाह मुक्त बनाउनका लागि बुद्धभूमि नगरपालिका, सनशाइन सामाजिक विकास संस्था, सेभ द चिल्डे«नले काम गरिरहेका थिए । २०६७ साल देखि विशेष गरी सनशाइन सामाजिक विकास संस्था र सेभ द चिल्डे«नले बालविवाह मुकत पार्न काम गरिरहेको कार्यक्रम संयोजक शिवलाल यादवले बताउनुभयो ।

आफुहरुले काम गर्दा वडामा बालविवाहको दर ५८ प्रतिशत रहेको र त्यसलाई झारेर ९७ प्रतिशत सम्म पु¥याएको उहाँले बताउनुभयो । कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष गोविन्द आचार्य, वडा नं. २ का वडाध्यक्ष भेषराज शर्मा, वडा नं. ६ कपिलदेव तिवारी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १२ असार २०७६ बिहिबार ००:००  ६ : ३३ बजे