गोविन्द पोख्रेल ।
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ८ स्थित वाणगंगा नदीको किनारमा रहेको प्रसिद्ध श्रृगीऋषिको जन्मस्थल मधुवनधामको विकास गरी आन्तरिक र बाह्य पर्यटन प्रवर्धन गर्नमा सघाउ पुर्याउने उद्धेश्यका साथ वाणगंगा मावि गजेहडाले आइएसए परियोजना अन्र्तगत मधुवनधाम नामक शिर्षकमा स्थानीय पाठ्यक्रम तयार गरी कक्षा ४ र ५ मा लागु गरेको छ ।
साना साना बालबालिकाहरुलाई स्थानीय धार्मिक र पर्यटकीय स्थलको बारेमा परियोजना कार्य मार्फत जानकारी गराई तिनीहरुको सम्बर्धन र संरक्षण गरी विकास गराउने उद्धेश्य सहि तगत बर्ष देखि कक्षा ४ र ५ मा २५ पूर्णाङ्क कायम गरि शिक्षण कार्य प्रारम्भ गरिएको छ ।
जैविक विविधताले भरिपूर्ण, चुरे पहाडको काखमा रहेको मधुवनधाम नेपालकै सबैभन्दा ठूलो धार्मिक बन रहेको र प्रचारप्रसारको कमिले यसको गरिमा धेरै मानिसहरुलाई थाहा नभएको अवस्थामा विद्यालयबाटै यसको प्रचार प्रसार गरिनुपर्छ भन्ने मुख्य उद्धेश्य राखि विद्यालयले यो कार्य प्रारम्भ गरेको छ ।
साना विद्यार्थी भाईबहिनीहरुलाई लघु भ्रमण, विशेषज्ञबाट कक्षा, भजनकृतन, स्थानीय लोकबाजाहरुको जानकारी, पूर्वीय दर्शनसंग जोडिएको पूजापाठ, महायज्ञ जस्ता विभिन्न पक्षहरुसंग सकारात्मक रुपमा परिचित गराई पदलिदो परिस्थितीमा आफ्नो संस्कृती र परम्परालाई भुल्दै जानेक्रमको अन्त्य हुनुपर्छ भन्ने विश्वास विद्यालयले राखेको छ ।
आफुभन्दा ठूलाबाट धेरै अनुभवका कुराहरु सिक्न सकिन्छ । जुन कुराहरु नयाँ पिढीलाई पनि मार्गनिर्देश गर्ने खालको हुने भएकोले विभिन्न पक्षहरुसंग छलफल गरी विद्यार्थीहरुलाई विभिन्न सद्भावहरु राखेर विविधतामा एकता हुनुपर्छ भन्ने मुख्य भाग यस स्थानीय पाठ्यक्रमको रहेको छ ।
प्रतिक्रिया