८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

यस्तो छ विजयनगर गाउँपालिकाकाको नीति तथा कार्यक्रम



राम प्रकट कोरी, विजयनगर ।
विकासको तीव्र गतिमा रहेको कपिलवस्तुको विजयनगर गाउँपालिकाको पाचौँ गाउँसभाले “सामाजिक सद्भाव र धार्मिक सहिष्णुता नै दिगो विकासको आधार” भन्ने मूलनाराका साथ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँसभामा आगामी आर्थिक वर्ष २०७६÷०७७ को कुल बजेट ५५ करोड ४६ लाख ६६ हजारको नीति तथा कार्यक्रम पारित गरिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई विशेष प्राथमिकता राखेको बताउनुभयो ।
गाउँपालिकाका नागरिकहरु कृषि पेसामा निर्भर भएकाले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने साथै कृषि सिचाई, आधुनिक खेती नगदे बाली, पशुपालन र उन्नत प्रविधी व्यवसायीकरण गर्दै सिचाई सेवालाई विस्तार गर्ने योजनालाई अघि सरिएको चौधरीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गोपाल थापाले गुणस्तरीय शिक्षालाई विद्यालय मदरसा र नीजी विद्यालयलाई गुणस्तरीय र व्यवस्थित बनाउने साथै शतप्रतिसत भर्ना विचमै विद्यालय छाड्ने प्रवृत्ति लाई न्युनिकरण गर्ने कार्यक्रम ल्याईएको जानकारी गराउनुभयो ।
गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचका लागि समृद्ध स्वच्छ समाज निमार्ण गर्न स्वास्थ्य क्षेत्रको प्रवर्धन गर्ने कार्यक्रमको लक्ष्य रहेको छ । त्यस्तै सडक विस्तार सुधार र स्तरीयकरण सबै वडा कार्यालयलाई मुख्य सडकबाट सबै मौसममा आवतजावत गर्न सहज हुने हिसाबले आगामी आवमा रिङ रोडको ट्रयाक पुरा गर्ने गरि बजेट व्यवस्थापन गरिएको थापाले बताउनु भयो ।
स्वच्छ खानेपानी तथा सरसफाई, युवा तथा खेलकूद, भौतिक पुर्वाधार, सामाजिक क्षेत्र र बन तथा वातारण र जोखिम न्युनिकरण क्षेत्र, सुशासन तथा संस्थागत क्षेत्र विभिन्न कोष सञ्चालन लगायत विविध कार्यक्रमहरु राखिएको छ ।

प्रकाशित मिति : १२ असार २०७६ बिहिबार ००:००  ६ : २९ बजे