८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रदेश योजना आयोगका उपाध्यक्ष गौतमद्धारा पद तथा गोपनियताको सपथ



बुटवल ।
प्रदेश ५ को योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डा. इश्वर गौतमले आज पद तथा गोपनियताको सपथ लिनु भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री तथा आयोगका अध्यक्ष शंकर पोखरेलले डां गौतमलाई सपथ गराउनु भएको हो ।
सपथ ग्रहण पश्चात उपाध्यक्ष डा. गौतमले आफनो क्षमता योग्यताले भ्याएसम्म इमान्दारीतापूर्वक कर्तव्यनिष्ट भई जनतालाई प्रत्याभूती हुने गरी काम गर्ने प्रतिबद्धता व्यकत गर्नु भयो । उहाले उपाध्यक्ष एक्लै सबै काम गर्ने नभई आयोगका सदस्य र मन्त्रालयका सचिव तथा पदाधिकारीहरुको सहयोगमा समन्वयकारीभूमिका निर्वाह गर्ने बताउनु भयो ।
त्यस अवसरमा उपाध्यक्ष गौतमलाई शुभकामना दिदै मुख्यमन्त्री पोखरेलले वौद्धिक क्षेत्र बिशेष गरी व्यवस्थापन क्षेत्रको अनुभवलाई अझ परिणाम देखिने गरी काम गर्ने बिश्वास र आशा आफुले लिएको बताउनु भयो ।
लुम्बिनी बाणिज्य क्याम्पसका पुर्व प्रमुख समेत रहनुभएका प्राध्यापक डा.गौतमलाई सोमबार बसेको मन्त्रीपषिदको बैठकले आयोगको उपाध्यक्षमा नियुक्ती गर्ने निणर्य गरेको थियो । लुम्विनी बाणिज्य क्याम्पसको स्थापनाकाल २०३८ सालदेखि प्राध्यापन गर्दै आएका गौतम २२ वर्ष सोही क्याम्पसको प्रमुख हुनुहुन्थ्यो । पाल्पाको कसुमखोलामा जन्मिएका डा. गौतमले त्रिभूवन बिश्व बिद्यालयबाट व्यवस्थापनमा र भेलोर क्रिश्चियन मेडिकल कलेजबाट कम्युनिटी डेभडपमेण्टमा स्नातकोत्तर गर्नुका साथै भारतबाट श्रमिक व्यवस्थापन अर्थात लेवर म्यानेजमेण्टमा बिद्याबारिधि गर्नु भएको छ । उहासंग बिश्व बैकको रिप परियोजना, अमेरिकन सस्था मेरीनल अर्गनाइजेसनको परामर्शदाता भई काम गरीसकेको अनुभव छ । त्यस्तै मुलुक संघीयतामा गई सकेपछी प्रदेश ५ को आवधिक योजना निर्माण गर्दा मरामर्शदाता, प्रदेश बिश्व बिद्यालयमा सम्भाव्यता अध्ययन समितिको टीम लिडर हुनुका साथै प्रदेश बिश्व बिद्यालयको अवधारणा पत्र समेत तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

प्रकाशित मिति : ११ असार २०७६ बुधबार ००:००  ५ : १५ बजे