८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

लागु औषध दुरुपयोग तथा ओसार पसार चुनौतिपूर्णः गृहमन्त्री थापा



काठमाडौँ ।

गृहमन्त्री राम बहादुर थापाले लागु औषध दुरुपयोग तथा ओसार पसार नेपालका लागि पनि चुनौतिपूर्ण बन्दै गएको बताएका छन् ।

लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको सन्र्दभमा बुधबार काठमाण्डौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोध गर्दै मन्त्री थापाले विश्वव्यापी समस्याको रुपमा रहेको लागुऔषध दुरुपयोगको समस्या नेपालका लागि पनि चुनौतिपूर्ण रहेको बताएका हुन् ।

लागुऔषध समस्या र अन्तरनिहित चुनौतिको तुलनामा सरकारका प्रयासहरु पर्याप्त नहुनु र खुल्ला सिमानाका कारण पनि यसको प्रयोग र ओसारपसार नियन्त्रण चुनौतिपूर्ण रहेको उनको भनाई थियो ।

उनले भने, ‘लागुऔषध समस्या र अन्तरनिहित चुनौतिको तुलनामा हाम्रा प्रयासहरु पर्याप्त छैनन् । नेपालको भौगोलिक परिस्थिति, खुल्ला सिमानाका कारण पनि लागुऔषध दुरुपयोग र ओसारपसारको समस्या चुनौतिपूर्ण रहि आएको छ ।’

सकारले कानुन कार्यान्वयन गर्ने सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षित रुपमा विका गर्न नसकेको, अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धान र अभियोजन लाई वैज्ञानिक र स्रोत साधन सम्पन्न पार्न नसकेको उनले स्वीकार गरे ।

कानुनको सफल कार्यान्वयनसँगै रोकथाम मुलुक प्रयासलाई पनि जनस्तरसम्म पुर्याउन नसकिएको भन्दै उनले नागरिक समाजको साथै सबै बर्ग र तहलाई सहयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति : ११ असार २०७६ बुधबार ००:००  १ : ४५ बजे