८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सुदूर पश्चिमलाई ६ विकेटले हराउँदै एपीएफले जित्यो महिला टी- २० क्रिकेटको उपाधि



कञ्चनपुर ।
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । महेन्द्रनगरमा जारी प्रतियोगितामा सुदूरप श्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
महेन्द्रनगरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदुर पश्चिमले २० ओभरमा नौ विकेट गुमाउँदै ७१ रन बनायो । उसका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा रुवी पोदारले २४, कविता कुवँरले २२ बनाइन् । यस्तै मञ्जु बोगटीले आठ रन बनाउनु बाहेक अरु खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । उसका चार खेलाडीले खाता खोल्न सकेनन् ।
बलिङमा एपीएफकी करुणा भण्डारी र सीता रानामगरले तीन(तीन विकेट लिए भने सोनु खड्का, ममता चौधरी र रेखा रावलले एक(एक विकेट हात पारे ।
जवाफमा एपीएफले १५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा र्गयो । उसका लागि इन्दु बर्माले २२, सीता रानामगरले १८ र ज्योति पाण्डले १७ रन बनाए । यस्तै सोनु खड्का र ममता चौधरीले तीन(तीन रनको योगदान दिए ।
उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ हात पार्यो भने उपविजेता सुदूर पश्चिमले तीन लाखमा चित्त बुझायो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ११ असार २०७६ बुधबार ००:००  १ : १८ बजे